Loading...

एमालेले सदन अवरुद्ध गर्ने , सडकमा पनि विरोध प्रदर्शन गर्ने

मंसीर १६ काठमाडौं । संविधान शसोधनको विरुद्धमा उत्रिएको प्रतिपक्षी दल एमालेले आज सदन अवरुद्ध गर्ने भएको छ । दिउसो १ बजे बैठक शुरु हुनासाथ एक एमाले सांसदले समय लिएर बोल्ने र त्यस पछि बैठक चल्न नसक्ने घोषणा गर्ने तयारी भएको छ ।
एमाले ससदीय दलका प्रमुख सचेतक भीम आचार्यले आज ससद अवरुद्ध गर्दै देशै भर कडा आन्दोलन गर्ने पनि बताउनु भयो ।
यसैबीच आज पनि एमाले कार्यकर्ताहरुले देशका विभिन्न जिल्लामा प्रदर्शन गर्ने भएका छन् ।
नेता आचार्यले सासदहरुलाई समेत सबै निर्वाचन क्षेत्रमा गएर जनपरिचालन र आन्दोलनमा खट्न निर्देशन दिएको बताउनु भयो ।
यसै गरी एमालेले सविधान शसोधन विरुद्ध सर्वोच्च अदालतमा समेत मुद्धा दायर गर्ने तयारी गरेको छ । मुद्धा छिट्टै दायर गर्ने आचार्यले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...