ओलाङ्चुुङगोला देखि टिपतालापाससम्म सडक निर्माण हुने

काठमान्डौ ,मंसिर १६ ।
चीन सरकारले आफ्नो भुमि हुँदै ताप्लेजुङको ओलाङ्चुुङगोलासम्म डोजर ल्याउने अनुमति दिए सँगै चीनको सिमाना टिपताला पाससम्म सडक निर्माण हुने भएको छ ।

नेपाल तर्फको भागबाट सो स्थानमा सडक निर्माणका लागि डोजर तथा निर्माण सामाग्रि लैजान असम्भव भएकाले नेपाल सरकारको आग्रहमा तिब्बत बजार क्षेत्रमा रहेका डोजर तथा औजार प्रयोग गरी टिपतालापास हँुदै ओलाङ्चुङगोला तर्फको भागमा सडक निर्माण गर्न चीन सरकारले अनुमति दिएको हो ।

यस अघि टिपताला पाससम्मको भागमा सडकको ट्रयाक खोल्ने तयारी गरे पनि चीनको अनुमति नहुँदा ओलाङ्चुङगोलाका स्थानीयले नेपाल तर्फको भागबाट घरायसी औजारको प्रयोगमा बाटो खन्दै आएका थिए ।

ओलाङ्चुुङ्गोलाबाट करिब २२ किलोमिटर दुरीमा रहेको सिमा क्षेत्रसम्म चीन तर्फको सडक आए पनि नेपाल तर्फको भागमा भने सडक निर्माण हुन सकेको थिएन ।

बिहि, मंसिर १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter