Loading...

दुहावी गोल्डकपको दोस्रो सेमिफानइलमा आज

काठमाडौ ,मंसिर १६ ।
सुनसरीको दुहावीमा जारी मनमोहन दुहावी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङदी र रमपम झापा ११ विच प्रतिस्पर्धा हुदै छ ।

यी दुइ टोली विचको खेल दुहावी रंगाशालमा दिउँसो २ बजेपछि सुरु हुनेछ ।

यस्तै हिजो भएको पहिलो सेमिफाइनल खेलमा भूटानको फ्रेन्स क्लब बिआरसीलाई पराजित गर्दै त्रिभूवन आर्मी फाइनलमा प्रवेश गरेको छ ।

आर्मीले विआरसीलाई ५ – २ गोल अन्तरले पराजित गर्दै फाइलनको यात्रा सुरक्षित गरेको हो । अव आर्मी उपाधी भिडन्तका लागि आजको विजेता टोलीसँग प्रतिस्पर्धा गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...