Loading...

एसीसी महिला क्रिकेटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै

काठमान्डौ ,मंसिर १६ ।
थाइल्याण्डमा जारी एसीसी महिला क्रिकेट प्रतियोगितामा नेपालले आज आयोजक थाइल्याण्डको सामाना गर्दै छ । नेपालले आज प्रतियोगिताको चौथो खेल अन्तर्गत थाइल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यी दुइ टोली विचको खेल बैकंक स्थित एसियन इस्टीच्युट टेक्नोलोजिको खेल मैदानमा दिउसो पौने १ बजे बाट सुरु हुने छ । आजको थाइल्याण्ड विरुद्ध खेल नेपाली टोलीलाई एउटा मौका हुने छ ।

प्रतियोगितामा नेपाल र आयोजक थाइल्याण्ड मात्र टेस्ट नखेल्ने टोली हुन् । यी दुवै टोली प्रतियोगिताको एउटै खेल पनि जित्न सकेको छैन ।

प्रतियोगिताको तीन खेल हार्ने क्रममा नेपालले पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले पराजित भएको थियो ।

अव आयोजक थाइल्याण्ड पछि नेपालले अन्तिम खेलमा साविक विजेता भारतसँग खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...