Loading...

प्रधानमन्त्रीद्धारा स्थानीय तहको निर्वाचनको प्रस्ताव

काठमाडौं ,मंसिर १५ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चैतको अन्तिम या बैशाखको पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको प्रस्ताव गर्नुभएको छ ।
बालुवाटारमा बुधबार बसेको कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाको बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधनको विधेयक दर्ता भएसँगै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव गर्नुभएको हो ।
प्रधानमन्त्रीको प्रस्तावमा चार दलका नेताहरु सकारात्मक रहेको बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।
प्रधानमन्त्री दाहालले बिहीबार नै मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्न लाग्नुभएको छ । मोर्चाका नेताहरुसँग परामर्शपछि प्रधानमन्त्री दाहाल निर्वाचनको मिति घोषणा गर्ने  तयारी गनु रहेको श्रोतले जनाएको छ ।त्यसका लागि उनले बुधबार नै प्रमुख निर्वाचन आयुक्त र स्थानीय तहको पुर्नसंरचना गर्न गठित आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको थियो ।
प्रमुख निर्वाचन आयुक्तले निर्वाचनको तयारीका लागि न्यूनतम चार महिनाको समय आवश्यक हुने बताएकाले चैतको अन्तिम या बैशाखको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारीमा प्रधानामन्त्री रहेको माओवादी नेता श्रेष्ठले बताउनु भयो ।स्थानीय निकाय पुर्नसंरचना आयोगले एकसाता भित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
बैठकमा कांग्रेस नेताहरुले स्थानीय निकायको पुरानै संरचना अनुसारको निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए । नयाँ संरचनामा जाँदा प्राविधिक कठिनाई र तयारीको हिसाबले समेत नभ्याईने कांग्रेस नेताहरुको तर्क थियो । कांग्रेसबाहेक सबै दलले एकसाताभित्रै प्रतिवदेन आउने हो भने स्थानीय तहकै निर्वाचनमा जान उपयुक्त हुने धारणा सुझाएपछि सरकार स्थानीय तहकै निर्वाचनका लागि अघि बढ्ने भएको हो ।

राप्रपा अध्यक्ष कमल थापाले पहिलेको सरकारलेपनि चुनावको तयारी अघि बढाए पनि कांग्रेसका नेताहरुले नमानेका कारण नभएको तर  अहिले चुनाव हुनुपर्छ भन्नेमा अहिले चारै दलमा एकमत देखिएको बताउनु भयो । ।’

संविधान संशोधनको विधेयकलाई लिएर संसदमा ध्रुविकरण बढ्ने देखिएपछि सरकार विपक्षीलाई पनि सहमतिमा ल्याउन निर्वाचनको मिति घोषणा गर्ने रणनीतिमा जुटेको हो । निर्वाचनको मिति घोषणा गरी अघि बढेमा संशोधनविरुद्ध एमालेले उद्घोष गरेको आन्दोलन मत्थर हुने विश्वास सत्तारुढ दलका नेताहरुबीच छ । तर, एमाले त्यस्तो रणनीति पुरा हुन नदिने पक्षमा छ ।

यस्तै  बैठकमा एमालेले राखेको धारणा सुनाउँदै पूर्व कानूनमन्त्री समेत रहेका नेता अग्नि खरेलले  संविधानको विधेयक पारित गराउने उद्देश्य राखेर चुनावको कुरा भएको हो भने त्यसमा हामी सहमत नहुने बताउनु भयो ।

बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचनका लागि आवश्यक कानून संसदबाट पारित गर्न आवश्यक परेकाले संसद अबरोध नगरिदिन आग्रह गर्नुभएको थियो ।

कांग्रेस नेता रमेश लेखकले पनि सरकार निर्वाचनको वातवरण बनाउने दिशामा अघि बढ्ने बताउनु भयो । लेखक संविधान संशोधनको प्रस्तावबाट पछि हट्न सक्ने धरातल नरहेको भन्दै एमालेसमतेको सहभागितमा संविधान संशोधन हुने दावी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...