Loading...

लागू औषध सहित दुई विदेशी पक्राउ

काठमाडौँ, १५ मंसिर ।     काठमाडौँ : मलेसियन नागरिक राहदानी नम्वर ए ३९२३४४८९ बाहक ३० बर्षीया एलिस जोसेफ र राहदानी  नम्वर ए ३५५१८७२० बाहक २८ बर्षीय माजेन्ट हिरन राजनलाई अवैध लागूऔषध कोकेन १ हजार ५ सय ग्राम सहित मंगलबार लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–२९ चाक्सीबारीस्थित टुकस होमको कोठा नम्वर ४०७ मा राजन र जोसेफ सँगै रहेको अवस्थामा जोसेफबाट उक्त कोकेन बरामद भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...