Loading...

अबको युग बोलीको युगः सञ्चारमन्त्री कार्की

रुद्र बहादुर खड्का

सिन्धुली, १५ मंसिर । सुचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले अब वन्दुकको युग सकिएको बताएका छन । अबको युग बोलिको युग सुरु भएको उनले वताए । अहिले दलित,महिला, आदिबासी,मुस्लिम,मधेसीले देश नभएर अधिकार मात्र मागेकले अन्य जात जाति र राजनीतिकदलहरुले आत्तिनु नपर्ने बताए ।
एकै बाबुका छोराहरु विच पनि अंशका विषयलाई लिएर झगडा हुने गरेको बताउदै उनले अहिले पनि देशका विभिन्न जातजातीले अलिहे पनि बाबुसँग वा आमा सँग अंश(अधिकार)मात्र मागेको बताए । अंश लिने क्रममा कसैलाई ठुलो ध्याम्पा र कसैलाई सानो ध्याम्पा पर्ने गरेको स्मरण गराउदै उनले यसमा कसैले पनि टाउको दुखाउनु नपर्ने बताए ।
मन्त्री कार्कीले जनजाति, मधेसी र महिलाले आफ्नो अधिकार माग्दा कम्तिमा पनि क्षत्री,बाहुनका आधा जनसंख्यालाई सम्बोधन वा समर्थन गर्ने गरी प्रस्ताव गर्न आग्रह समेत गरे । क्षेत्री र ब्राहमण जातिका युवा पुस्ता तथा आधुनिक पुस्ताले सम्म समर्थन गर्न सक्ने खालको हुनु पर्ने बताए । २०५२ सालमा सुरु भएको आन्दोलनको विषयमा नेपाली जनतालाई बुझाउन सकेकाले मात्र राजतन्त्र फाल्न सम्भव भएको बताए । अधिकार माग्दैमा अब कुनै पनि नेपाली जनता जेल जानु नपर्ने, रातभरी बन्दुक सिरानी हालेर बस्नु नपर्ने उनले वताए ।

सिन्धुली जिल्लाले ऐतिासिक व्यक्तित्व जन्माएको तर राज्यले सिन्धुली जिल्लालाई वेवास्ता गरेको भन्दै सिन्धुली जिल्लाको विकासकालागि दलिय सहमतिमा आए आफुले सकेको सहयोग गर्ने बताए । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले सिन्धुलीका ग्रामिण क्षेत्रमा लामो समय देखि निर्माणाधिन अवस्थामा अलपत्र परेका मोवाईल टावरहरु दुई महिना भित्रमा निर्माण कार्य सम्पन्न गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया

Loading...