Loading...

धरानमा कट्टी र छुरा आतंक बढदै

गोपाल कामत

धरान ,१५ मंसिर ।
चालु आर्थिक वर्ष देखि धरानमा श्रृखलाबद्ध रुपमा छुरी प्रहारका घटनाहरू हुदै आइरहेको छ ।
दशै तिहारमा समेत शान्तिपुर्ण रहेको धरान पछिल्लो २ महिनामा ४ वटा छुरी प्रहार घटनाले धरानवासीहरू आतंकित बनेका छन ।
लागू औषध कुलतमा फसेका १७ देखि २० बर्ष समूहका युवकहरु यस्तो घटनामा संलग्न हुदै आएका छन । युकर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको परिभाषामा पर्ने यस्ता घटना पछिल्लो समय बढेको कुरालाई प्रहरी समेत नर्कादैनन् । घटना बेसलाई नियाल्ने हो भने असोज यता श्रृखलाबद्ध खुकुरी, चुप्पी प्रहारका घटना बढेका छन् ।

प्रहरी र नागरिक समाज मिलेर यस्ता घट्नालाई न्यूनिकरण गर्न विभिन्न समयमा सचेतनात्मक कार्यक्रमको आयोजना समेत गरिदै आएको छ तर पनि यस्ता कार्यक्रम प्रभावकारी हुन सकेको छैन । इलाका प्रहरी कार्यालय धरानकै तथ्याङ्कमा कर्तव्य ज्यान २ वटा पुगेका छन् भने १० वटा ज्यान मार्ने उद्योगका घटनाका मुद्दा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको पहिलो साउनमा कर्तव्य ज्यानको एउटा घट्यो भने ज्यान मार्ने उद्योग पनि एउटै दर्ता भएको छ । भदौंमा ज्यान मार्ने उद्योग ६ वटा भएको देखिन्छ भने असोजमा कुनै त्यस्ता अप्रिय घटना भएका देखिदैनन् । यता कात्तिकमा कर्तव्य ज्यान एउटा र ज्यान मार्ने उद्योग एउटा देखिन्छ । एवम् रितले अहिले मंसिर लागेपछि २ वटा घटना भइसकेका छन् ।

यसमा १६ देखि २५ वर्षका युवाहरु संलग्न छन् । लागूऔषधमा फसेका र बेरोजगारीका कारण यस्ता श्रृखला हुने गरेको प्रहरीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...