Loading...

डिपो र पुलिसको फाइनलमा भिडन्त हुने

सुनसरीको धरानमा जारी १३औ डिपो कपको फाइनल खेलमा आयोजक डिपो स्कुल र पुर्व क्षेत्रिय प्रहरी स्कुल भिड्ने पक्का भएको छ ।
आज बुधबार भएको पहिलो सेमिफाइनल खेलका लागि एसओएस वालग्राम इटहरी नआए पछि आयोजक समितीर्ले डिपो स्कुललाई एसओएस स्कुलको वाकओभर जनाउदै डिपो टिमलाई विजयी घोषण गरेको थियो ।
त्यस्तै आजनै भएको प्रतिश्पर्धात्मक दोस्रो सेमिफाइनल खेलमा पुर्व क्षेत्रिय प्रहरी स्कुलले होलिल्याण्ड स्कुललाई १–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । मध्यान्तर सम्म गोल रहित टुंगिएको खेलमा मध्यान्तर पछिको १९औ मिनटमा पुलिसका आयुस उप्रेतिले निर्णायक गोल गर्दै पुलिस टिमलाइै फाइनलको यात्रा गराएका थिए् । सो खेलमा होलिल्याण्ड स्कुलका सक्कम लिम्वुलाई म्यान अफ द म्याच घोषित भएका थिए । उनले ट्रफि र प्रमाण पत्र प्राप्त गरेका थिए ।
सोहि दिन भएको प्लेट च्याम्पियन तर्फको सेमिफाइनल खेलमा डिभिएम स्कुलले केके स्कुलाई टाइव्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए भने नव ज्योत स्कुलले ज्ञानकुञ्ज स्कुलाई २–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेका छन । अब भोली हुने प्लेट च्याम्पियनको फाइनल खेलमा डिभिएम र नवज्योति स्कुलले प्रतिश्पर्धा गर्नेछ । डिपो कपको फाइनल खेल शुक्रवार १७ गते हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...