Loading...

संबिधान संसोधनको बिरोधमा एमालेले बाल्यो काठमाण्डौमै आगो(भिडियो सहित)

पुकार तिम्सिना 

काठमाण्डौ ,१५ मंसिर ।  नेकपा एमालेले सत्तामा हुदा पनि निरन्तर मधेशी मोर्चाले गरेको आन्दोलनको सामना गर्यो भने अहिले काग्रेस माओवादी मिलेर मधेशी मोर्चालाई सहमतिमा ल्याउने प्रयास स्वरुप सविधान शसोधन विधेयक दर्ता गरेपछि आगो बाल्न शुरु गरेको छ ।
देशभर एमाले भातृ संगठन र कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सरकारलाई भारतीय दलालको संज्ञा दिदै अविलम्ब राजीनामा दिन समेत माग गरेका छन् । यसरी विरोध हुने क्रममा एमाले कार्यकर्ताहरुले प्रधानमन्त्री प्रचण्ड विरुद्ध उग्र नारा लगाउदै सरकारी गाडी तोडफोड गर्नुका साथै टायरै बालेर विरोध प्रदर्शन गरेका छन् ।
15310173_1345620462156805_1830372974_n

एकातिर सडकमा उत्रिएको एमालेले अर्को तिर संसदमा समेत हंगामा मच्चाउने तयारी गरेको छ । सरकारले ल्याएको सविधान शसोधनको प्रस्ताव र एमालेको विरोधको तयारी हेर्दा देशमा केही अराजक अवस्थाको सिर्जना हुन सक्ने आकंलन गर्न थालिएको छ । यद्यपि, सरकारले यस विषयमा ठोस धारणा सार्वजनिक गरीसकेको छैन ।

भिडियो हेर्नुहोस् 

यसमा तपाइको प्रतिक्रिया

Loading...