Loading...

कांग्रेसका १० राज्यमन्त्रीद्धारा सपथ ग्रहण

काठमाडौ ,१५ मंसिर ।
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका तर्फबाट १० जना राज्यमन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गत साउन १९ गते गठित सरकारमा कांग्रेसबाट १० जना राज्यमन्त्री थपिएसँगै आजबाट ४१ सदस्यीय मन्त्रिपरिषद पुगेको छ ।

प्रधानमन्त्रीले नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्रीको कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ खुवाउनु भयो ।

सिफारिसमा पर्नेहरुमा खानेपानी तथा सरसफाईमा दीपक खड्का, उद्योगमा कञ्चनचन्द्र बादे, सिंचाईमा सुरेन्द्र आचार्य र वाणिज्यमा मिठु मल्ल रहेका छन् ।

यस्तै श्रममन्त्रालयमा दिलीप गच्छदार, वनमा सीताराम मेहता, भौतिक पूर्वाधारमा दीर्घराज भाट, सहरी विकासमा सुवर्ण ज्वारचन, स्वास्थ्यमा तारामान गुरुङ र पर्यटनमा इन्द्र वानियाँ छन् ।

आन्तरिक विवाद देखिएपछि सरकार गठनको लामो समयपछि काग्रेसले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने थप राज्यमन्त्रीहरुको नामवली हिजो सरकारलाई पठाएको हो थियो । कांग्रेसले सम्हालेका दश मन्त्रालयमा नै राज्यमन्त्री थप गरिएको हो।

यसमा तपाइको प्रतिक्रिया

Loading...