Loading...

संशोधन प्रस्तावको विरोध गर्ने कुनै ठाउ छैन : नायक

काठमाण्डौ, मंसिर १५ ।

कानूनमन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले साढे तीन महिना मेहनत गरेर संशोधन प्रस्ताव ल्याएको भन्दै उनले यसको विरोध गर्ने कुनै ठाउँ नै नरहेको बताउनुभयो ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले संशोधन एमालेको पनि भएको दाबी पनि गर्नुभयो
। सीमांकन विवाद समाधानका लागि संघीय आयोग बनाउने कुरा भइरहेको भन्दै उनले साम्प्रदायिक नारा दिए समस्या बढ्ने उहाँको भनाई छ ।

मधेसमा जबरजस्ती दौरा सुरुवाल लगाउन लगाउने कुरा गरेर आन्तरिक राष्ट्रिय एकता बलियो नहुने नायकले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...