Loading...

 प्रदेश नम्बर ५ को बिबाद समाधान गर्न पाँच नेता सिंहको आग्रह

काठमाण्डौ, मंसिर १५ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधनको विरोधमा पाँच नम्बर प्रदेशमा भइरहेको आन्दोलन रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

बन्द हड्ताल र आन्दोलन देशलाई मात्र नभइ स्वयम् आन्दोलनकारीलाई नै घातक हुने उहाँले बताउनुभयो ।

आज सञ्चारकर्मिसँग कुरा गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका सिंहले विगतको सहमति कार्यान्वयन गर्न र तीन तहको निर्वाचन गराउन संविधान संशोधन अनिवार्य भएको पनि बताउनुभयो ।

आन्दोलन त्यागेर संविधान कार्यान्वयनको राष्ट्रिय दायित्व पूरा गर्ने अभियानमा सरकारलाई सघाउन सम्बन्धित पक्षलाई नेता सिंहले आग्रह पनि गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...