
कााठमाण्डौ, मंसिर १५ ।
‘सनातन हिन्दुराष्ट्रका लागि महाअभियान’ले नेपालमा हिन्दु राज्य निर्माणका लागि दबाब दिन राजधानीको कमलादीमा विशेष भेला गरेको छ ।
प्रज्ञावनमा आज आयोजना गरिएको भेलामा सहभागी वक्ताहरुले नेपालमा धर्म निरपेक्षता जबरजस्ती लादिएकोले नेपालमा हिन्दु राज्य स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।
संविधान संशोधनको प्रक्रिया अघि बढ्दै गर्दा आयोजना गरिएको यो भेलालाई अर्थपूर्ण रुपमा लिइएको छ । समारोहमा बोल्ने अधिकांश वक्ताहरुले हिन्दु राज्य नभए धार्मिक विद्रोह हुने चेतावनी दिएका छन् ।
कांग्रेस नेता खुमबहादुर खड्काको अगुवाइमा आयोजित समारोहमा कांग्रेस नेताहरु तारानाथ रानाभाट, लक्ष्मर्ण घिमिरे, चिरञ्जीवि वाग्ले तथा अन्य दलका नेताहरु, विभिन्न पेसाकर्मी, पूर्व प्रशासकहरु, पूर्व सेनापति रुक्मांगद कटवाललगायत प्रहरी र नेपाली सेनाका अवकाशप्राप्त उच्च अधिकारीहरुको उपस्थिति छ।भेलामा बाबा तथा गुरुहरुको सहभागिता थियो ।
हिन्दु राज्यको अभियानलाई व्यापक बनाउने भेलाले निर्णय गरेको छ।
बुध, मंसिर १५, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य देश/राजनीति समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम