Loading...

चार दलका शीर्ष नेताहरुको बैठक जारी

काठमाण्डौ ,मंसिर १५।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न चार दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

सभामुख ओनसरी घर्ती मगरको कार्यकक्ष सिंहदरबारमा जारी बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि उत्पन्न अवस्थाका बारेमा छलफल भईरहेको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापा सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डको आह्वानमा बैठक बसेको हो । बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनको विरोधमा संसद अवरुद्ध गर्ने निर्णयमा पुगेका एमालेलाई सहमतिमा आउन आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...