Loading...

सरकारको गैरजिम्मेवार कामले राष्ट्रियता खतरामा पर्ने लोहनीको चेतावनी

पाल्पा, मंसिर १५

राप्रपा पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले नागरिक र जनप्रतिनिधिको माग तथा भावना विपरित भएको सीमा परिवर्तनसहितको संविधान संसोधन प्रस्तावले कसैको हित नगर्ने बताउनु भएको छ ।

राप्रपा पाल्पाले आज तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता डा. लोहनीले अहिले संविधान संशोधनको कुनै औचित्य नरहेको बताउनुभयो ।

प्रदेशको ‘सीमा परिवर्तनबारे सरकारले पुष्टी गर्न नसकेको भन्दै उहाले मधेसका जिल्लासँग पहाडी जिल्ला मिसिन नहुने बताउनु भयो ।
निहित सिद्धान्तले ५ नम्बर प्रदेशलाई फुटाइएको भन्दै सरकारको यो गैरजिम्मेवार कामले नेपालको राष्ट्रियतालाई हित नगर्ने उहाँको जोड छ ।

सुनसरी, मोरङ र झापाको विषयमा अध्ययन गर्न आयोग बनाएर अघि बढे जस्तै पाल्पा, रुपन्देही, गुल्मी लगायतका पहाडी जिल्लाको विषयमा पनि आयोग बनाएर अघि सर्नुपर्नेमा लोहनीले जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...