Loading...

संघीयताको विपक्षमा राष्ट्रिय जनमोचाले अर्को संसोधन प्रस्ताव दर्ता गर्दै

काठमाण्डौ, मंसिर १५ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको संशोधन प्रस्तावको काउन्टरमा संघीयताको विपक्षमा आफ्नो दलले संशोधन प्रस्ताव दर्ता गर्ने चेतावनी दिनुभएको छ ।

संवाद क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाले संविधान संशोधन प्रस्ताव पास हुन नदिने बताउनुभयो ।

भारतीय विस्तारवादीको इसारामा संशोधन प्रस्ताव आएको पनि उहाको आरोप छ ।
केसिले तराईलाई पहाडबाट अलग गर्ने र अन्ततः सिक्किमीकरण गर्ने उद्देश्य अनुरुप केपी ओली सरकार विस्तापित गरेर भारतीय एजेण्डा लागू गर्ने सर्तमा नयाँ सरकार बनेको बताउनु भयो ।

भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको भन्दै केसिले महाकाली सन्धिमा गरेको जस्तो गल्ती एमालेले नदोर्होयाउने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...