Loading...

संविधान संशोधनविरुद्धको आन्दोलनमा वैद्य माओवादीको समर्थन

काठमाण्डौ, मंसिर १५ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संविधान संशोधनविरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

अध्यक्ष वैद्यले आज जारी गरि सीमांकन लगायतका विषयको विरोधमा जनताद्वारा राखिएका जायज माग र आयोजित प्रदर्शन तथा हड्तालको कार्यक्रमप्रति पार्टीको समर्थन र ऐक्यबद्धता रहेको बताउनु भएको छ ।

सीमांकन लगायतका बिषयको बिबाद समाधानका लागी अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्तिहरु र सम्वन्धित जिल्ला तथा प्रदेशका जनताको राय सुझाव तथा सहमतिका अनिर्वाय हुने पनि वैद्यले बताउनु भएको छ ।

क्रान्तिकारी माओवादीले अहिलेको संविधानको विकल्पमा संघीय जनगणतान्त्रिक संविधान बनाउनुपर्ने प्रस्ताव राख्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...