Loading...

भोलीबाट संसद बैठक अवरुद्ध गर्ने एमालेको निर्णय

काठमाण्डौ ,१५ मंसिर ।

प्रतिपक्षी दल नेकपा एमालेले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको बिरोध गर्दै भोलीबाट संसद बैठक अवरुद्ध गर्ने भएको छ ।

संसदीय दलको आज बसेको बैठकले संशोधन प्रस्तावको विरुद्धमा सडक तथा सदन दुबै बाट आन्दोलन चर्काउने र अदालतमा समेत जाने निर्णय गरेको हो ।

जनताको भावता विपरीत सरकारले प्रायोजित र निर्दशित रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको एमालेले निष्कर्श निकालेको छ ।

वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले संशोधन विद्येयकको बिरुद्धमा जनता सडकमा उत्रिएकाले त्यसको नेतृत्व गरेर अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो ।

संशोधन प्रस्ताव कुनै पनि हालतमा संसदमा पेश हुन नदिने अडानका लागि प्रत्येक निर्वाचन क्षेत्रमा सक्रिय भएर संशोधनका बिरुद्धमा खबरदारी गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...