Loading...

संबिधान संसोधनको बिरोधमा उत्रिए माओवादी र काग्रेसकै नेता , ४ र ५ मा चर्कियो आन्दोलन

काठमाण्डौ ,१५ मंसिर ।
सरकारले पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग्याउने गरी संविधान संशोधन विधेयक दर्ता गरेपछि त्यसको विरोधमा प्रदेश नम्बर ४ र ५ का बिभिन्न जिल्लामा आन्दोलन चर्किएको छ ।

पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग्याएको भन्दै अर्घाखाँची, प्युठान, रोल्पा,बुटवल लगायतका जिल्लामा प्रदर्शन भएको हो ।

अखण्ड प्रदेश नम्बर ५ दवाव अभियानले रुपन्देहीमा अनिश्चितकालिन बन्द आह्वान गरेको छ भने पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, गुल्मी लगायत पहाडी जिल्लामा समेत आन्दोलन शुरु गरिएको छ ।

बिभिन्न दल आवद्ध बिद्यार्थी संगठनले आज बिहानै संयुक्त रुपमा बुटवलका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदेश नटुक्राउन माग गर्दै गुल्मी र अर्घाखाँचीमा बन्द आव्हान गरिएको छ । सत्तासाझेदार दल माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ता समेत प्रदर्शनमा उत्रिएका छन् ।

उता नवलपरासीमा समेत प्रदेश नम्बर ५ का पहाडी जिल्लालाइ ४ नम्बरमा गाभ्ने प्रस्तावको बिरोधमा प्रर्दशन भएको छ । सुनवल, भुमही र बर्दघाटमा पुर्बपश्चिम राजमार्ग बन्द गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

सिमाङकन हेरफेर सहितको संशोधन प्रस्ताव सरकारले हिजो संसदमा दर्ता गरेपछि प्रमुख प्रतिपक्षी एमालेले आन्दोलनको अगुवाइ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...