Loading...

हिन्दु राष्ट्रका लागि दवाव दिन आज राजधानीमा भेला

काठमाडौ ,१५ मंसिर ।
कांग्रेस नेता खुमबहादुर खड्का नेतृत्वको सनातन हिन्दुराष्ट्रका लागि महाअभियानले आज राजधानीमा भेलाको आयोजना गरेको छ ।

हिन्दु राष्ट्रका लागि दवाव दिन भन्दै खड्काले पार्टी निकटस्थ र शुभेच्छुकहरुको भेला बोलाउनु भएको हो । भेलाले हिन्दूराष्ट्र, गणतन्त्र, संघीयता लगायतका विषयमा धारणा तय गर्ने जनाएको छ ।

गत वर्ष संविधान जारी हुनुअघि नै सेलाएको खड्का नेतृत्वको अभियानले संविधान संशोधनको तयारी भइरहेका बेला दबाब दिन सक्रियता बढाएको हो ।

भेलामा कांग्रेस महासमिति सदस्य हरिबोल भट्टराईको नेतृत्वमा रहेको हिन्दूराष्ट्रका लागि नागरिक संघर्ष समितका सदस्यहरुको पनि सहभागीता हनेछ । महाअभियानले लोकतान्त्रिक गणतन्त्र सहितको हिन्दूराष्ट्रका पक्षमा आफूलाई उभ्याएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...