Loading...

दुईपक्षिय हितका सम्बन्धमा सभामुख घर्ती र चिनियाँ राजदूत यू बीच भेटवार्ता

काठमान्डौ, मंसिर १५।
सभामुख ओनसी घर्ती मगर र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा सभामुख घर्ती र राजदूत यू बीच दुईपक्षिय हित र आपसी चासोको विषयमा छलफल भएको बताइएको छ ।

सभामुख घर्तीले यूसँगको भेटमा चीनसँगको सम्बन्ध अझै घनिष्ट भएर जानेमा आफू विश्वस्त रहेको बताउनु भएको थियो ।

भेटवार्ताका क्रममा चिनियाँ राजदूत यूले प्रधानमन्त्री पुष्पकमल दाहालले अघि सारेको त्रिदेशीय साझेदारीलाई अघि बढाउने विषयमा आफू केन्द्रित हुने बताउनु भयो । यस्तै राजदुत यूले सभामुख घर्तीलाई चीन भ्रमणको निम्तो समेत दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...