Loading...

माओवादी पोलिटब्युरो बैठक स्थगित

काठमाडौ ,१५ मंसिर ।
सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको आजको लागि बोलाइएको पोलिट्ब्युरो बैठक स्थागित भएको छ । बैठक राजधानीको पेरिसडाँडास्थित पार्टी मूख्यालयमा विहान ११ बजेपछि बोलाइएको थियो ।

संसदमा दर्ता भएको संविधान संशोधनको विषयमा राष्ट्रिय सहमति जुटाउने पहल स्वरुप बैठक स्थागित गरिएको अग्नी सापकोटाले जानकारी दिनुभयो ।

गत शनिबारदेखि सुरु भएको बैठकमा संविधान संशोधन प्रक्रिया र सहमतिका लागि अन्य दलहरुसँग भइरहेको प्रयासका सम्बन्धमा छलफल भइरहेको छ ।

आजको बैठकमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनितिक परस्थितिबारे समिक्षा गर्ने कार्यक्रम रहेको थियो ।

यसअघि हिजोको बैठकमा प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन मार्फत संविधान कार्यन्वयनका लागि भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...