Loading...

सरकारले दर्ता विधेयकले राष्ट्रिय मुद्दा सम्बोधन गर्दैन:यादव

काठमाडौ ,१५ मंसिर ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकले राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन नगर्ने जनाएको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै संशोधन विधेयक अपुरो भएको भन्दै विरोध गरेको हो ।

आन्दोलनरत पक्षहरूको असहमतिका बीचमा पनि जबरजस्ती संशोधन प्रस्ताव ल्याइएको भन्दै फोरमले यथास्थितिमा यसलाई समर्थन नगर्ने स्पष्ट पारेको हो ।

विधेयकले आनदोलनका मागलाई सम्बोधन नगर्ने भएकोले संघर्ष जारी रहने यादवले चेतावनी दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...