Loading...

संविधान संशोधन प्रस्तावमाथिको गठबन्धनको असहमति

काठमाडौ १५ मंसिर ।
संघीय गठबन्धनले आफ्नो माग अनुसार संविधान संशोधन विधेयक संसदमा दर्ता नभएको भन्दै आपत्ति जनाएको छ । गठबन्धनले आज विज्ञप्ती निकालेर आफ्नो असहमतिका बाबजुद सरकारले संशोधन प्रस्ताव दर्ता गरेर ठूलो गल्ती गरेको जनाएको हो ।

दर्ता गराइएको विधेयकमा मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका कुनै पनि मागको पूर्णरुपले सम्बोधन नगरेको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनको मुख्य माग रहेको प्रादेशिक स्वायत्ता र स्वशासनसहित १० प्रदेशको संघीयता र सीमांकनको विषयलाई विवादित नै राखिएको गठबन्धनले जनाएको छ ।

मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा सम्बोधन नगरिएकोमा गठबन्धनले आपत्ति जनाएको हो ।

मधेसी मोर्चाले झापादेखि कञ्चनपुरसम्म दुई मधेस प्रदेशको माग गर्दै आएको छ । वैवाहिक अंगीकृतलाई वैवाहिक वंशज बनाउन माग गरे पनि संशोधन प्रस्तावमा वैवाहिक अंगीकृत कै व्यवस्था गरिएको भन्दै गठबन्धनले असन्तुष्टि जनाएको हो ।

भाषाका सवालमा पनि कुनै ठोस संशोधन प्रस्ताव नआएको गठबन्धनले जनाएको छ । विधेयकले मुलुकलाई शान्ति, स्थिरता, राष्ट्रिय एकता, विकासको सट्टा थप द्वन्द्व, अन्योल र अस्थिरतातर्फ लैजाने कार्य गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...