५ नम्बर प्रदेश टुक्र्याउने गरी संबिधान संसोधन प्रस्ताव दर्ता भएलगत्तै चर्कियो आन्दोलन

बुटवल ,१५ मंसिर ।
अनेरास्ववियुको अगुवाइमा विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव गरिएपछि त्यसको बिरोधमा बुटवलमा विरोध प्रदर्शन गरेका छन् । बिरोधका कारण बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेका छन्। चक्काजामका कारण पूर्व(पश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् ।

सडकमा नाराजुलुस सहित टायर बालेर स्वतस्फूर्त सडकमा उत्रिएका युवाले  प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन , हिमाल(पहाड(तराई कोही छैन पराइ लगायतका नारा लगाएका छन् ।

प्रदर्शनकारीले ५ नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यानलाई जोडेर आठौं प्रदेश बनाउने प्रताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

30112016092831baaaa-1000x0

५ नम्बर प्रदेश भूगोलका हिसावले पहाड र तराई मिलेर र प्राकृतिक स्रोत साधन, संस्कृति र सापिप्यता समेटिएकाले दलहरुले हिमाल,पहाड र तराईलाई अलग गरेर प्रदेश सीमांकन गरे देश नै टुक्र्याउन सक्ने उनीहरुको  चेतावनी छ ।

बुटवलसँगै ५ नम्बर क्षेत्रका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रदर्शन भएको छ।

बुध, मंसिर १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter