Loading...

संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गर्छ ः प्रधानमन्त्री

काठमान्डौ मंसिर १५।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गर्ने बताउनु भएको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीका नेताहरुसँग आज विहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले हिमाल पहाड र तराईबीच सुदृढ एकता गर्नु नै सरकारको प्राथमिकता भएको बताउनु भएको हो ।

प्रधानमन्त्री दाहालले संविधान संशोधनको विरोध गर्नु भनेको राष्ट्रिय एकताको विरोध गर्नु रहेको उल्लेख गर्नू भयो । उहाँले संविधान संशोधन प्रस्ताव दर्ता भएपछि पनि संशोधनको पक्षमा ल्याउन एमालेसँग सहमतिको प्रयास जारी रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले संविधान संशोधन दर्ता भएसँगै मुलुक निर्वाचन तिर अघि बढेको दाबी समेत गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...