Loading...

पश्चिमान्चल विकास मंचद्धारा १६ जिल्लाका लब्धप्रतिष्ठित ब्यक्ति सम्मानित

काठमाण्डौ ,१५ मंसिर ।
पश्चिमेलीहरुको साझा संस्था पश्चिमान्चल विकास मंचले धवलागिरी, गण्डकी र लुम्बिनी अंचल अन्तर्गतका १६ जिल्लामा जन्मेर देशको सेवामा समर्पित लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई आज सम्मान गरेको छ ।
मन्चले देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एवं सुरक्षा निकाय र ब्यापार–व्यवसाय मार्फत लामोसमयदेखि देशको सेवामा योगदान पु¥याउनु भएका र पु¥याउँदै आउनु भएका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुलाई सर्वोच्च अदालतका पूर्व प्रधान्याधीश कल्याण श्रेष्ठ र मंचका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रमाण –पत्र सहित दोसल्ला ओडाएर सम्मान प्रकट गर्नुभएको थियो । साथै रक्षा मन्त्री बालकृष्ण खाण र मन्त्रीद्वय हितराम पाण्डे र शंकर भण्डारीले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधान्याधीश श्रेष्ठले समाजका लब्धप्रतिष्ठित र स्वनामधन्य व्यक्तित्वहरुलाई एकै ठाउँमा जम्मा गर्न पश्चिमान्चल विकास मंच सफल भएको र यो पुँजीलाई राष्ट्र विकासको मूल धारमा लगाउन प्रेरणा मिलोस् भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

unnamed
आयोजकका तर्फबाट मंचका अध्यक्ष एवं आईएमई समुहका अध्यक्ष तथा सफल युवा उधमी  ढकालले कालीगण्डकी कोरिडोरलाई दक्षिणी छिमेकी मित्रराष्ट्र इण्डियाको नाका सुनौली र उत्तरी छिमेकी मित्रराष्ट्र चीनको कोराला नाकासँग जोड्न सक्दा र व्यस्थित गर्न सक्दा यस क्षेत्रको आर्थिक विकास हुने  र जनताको जीवनस्तरमा सुधार आउने आउने भन्दै त्यस कार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
उहाले मंचका शुभचिन्तक एवं नेपाल सरकारका पुर्व मुख्य सचिव तथा पुर्व परराष्ट्र एवं गृहमन्त्री माधव घिमिरेको  दुः खद मोटर दुर्घटनाले आफु र संस्थालाई मर्माहत बनाएको भन्दै दुः ख व्यक्त गर्नुभएको थियो ।
वि.स. २०६२ मा स्थापना भएको पश्चिमान्चल विकास मंचमा अहिले आजीवन र साधारण गरी २३१ सदस्य आवद्ध हुनुहुन्छ ।

गएको असारमा सम्पन्न मंचको नबौं अधिवेशनबाट ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...