Loading...

दुहावी गोल्डकपको पहिलो सेमिफानइलमा आज आर्मी र बिआरसी क्लब भूटान भिड्ने

काठमाडौ, १५ मंसिर ।
सुनसरीको दुहावीमा जारी मनमोहन दुहावी गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछन् । पहिलो सेमिफानइल खेलमा आज त्रिभूवन आर्मी र भूटानको फ्रेन्स क्लब बिआरसीबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो २ बजेपछि दुहवी रंगाशालमा हुनेछ । यसअघि हिजो सम्पन्न खेलमा पाहुना टोली भारत कालिङपोङको शेर फुटबल क्लबलाई पराजित गर्दै रमपम झापा ११ प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा कालिङपोङलाई २–० गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा स्थान पक्का गरेको हो । झापाका लागि योगेश गुरुङ र विशाल राईले एक एक गोल गरे ।

झापाले भोली हुने दोस्रो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...