Loading...

कांग्रेसका १० राज्यमन्त्रीले आज पद तथा गोपनियताको सपथ ग्रण गर्ने

काठमाडौ १५ मंसिर ।
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसबाट सिफारिस भएका १० राज्यमन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछ ।

आन्तरिक विवाद देखिएपछि सरकार गठनको लामो समयपछि काग्रेसले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने थप राज्यमन्त्रीहरुको  नामवली हिजो सरकारलाई पठाएको हो ।

सिफारिसमा पर्नेहरुमा खानेपानी तथा सरसफाईमा दीपक खड्का, उद्योगमा कञ्चनचन्द्र बादे, सिंचाईमा सुरेन्द्र आचार्य र वाणिज्यमा मिठु मल्ल रहेका छन् ।

यस्तै श्रममन्त्रालयमा दिलीप गच्छदार, वनमा सीताराम मेहता, भौतिक पूर्वाधारमा दीर्घराज भाट, सहरी विकासमा सुवर्ण ज्वारचन, स्वास्थ्यमा तारामान गुरुङ र पर्यटनमा इन्द्र वानियाँ छन् ।

यद्यपी सपथ ग्रहण आज हुने भनिएपनि समय भने तय भइनसकेको जनाएको छ । कांग्रेसबाट १० राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद ४१ सदस्यीय हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...