Loading...

संसदमा दर्ता भएको संशोधन प्रस्ताव पारित हुन नदिन रणनिति बनाउदै एमाले

काठमाडौ, १५ मंसिर ।
आफूहरुको तीव्र असहमतिका बाबजुद सरकारले  व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि संसदमा पार्टीका तर्फबाट निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बस्ने बैठकले  संसदमा दर्ता भएको संशोधन प्रस्तावको शसक्त विरोध गर्ने सम्बन्धमा रणनिति तय गर्ने एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताउनु भयो ।

एमाले स्थायी कमिटी बैठकले यसअघि नै संशोधन प्रस्तावको सदन र सडक दुवैबाट सशक्त प्रतिरोध गर्ने निर्णय गरेको थियो । संविधान संशोधनको औचित्य पुष्टी हुन नसकेको भन्दै एमालले विरोध जनाउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...