Loading...

माओवादी पोलिटब्युरो बैठक आजपनि बस्दै

काठमाडौ १५ मंसिर  ।
व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिबारे थप रणनिति तय गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पोलिट्ब्युरो बैठक आजपनि बस्दैछ ।

बैठक राजधानीको पेरिसडाँडास्थित  पार्टी मूख्यालयमा विहान ११ बजेपछि बोलाइएको छ । गत शनिबारदेखि सुरु भएको संविधान संशोधन प्रक्रिया र सहमतिका लागि अन्य दलहरुसँग भइरहेको प्रयासका सम्बन्धमा छलफल भइरहेको छ ।

आजको बैठकमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनितिक परस्थितिबारे समिक्षा हुने मोओवादी केन्द्रका नेता अग्नी सापकोटाले जानकारी दिनुभयो । सरकारले गएराति साढे ९ बजे व्यवस्थापिका संसदमा संशोधन प्रस्ताव दर्ता गरेको हो ।

हिजोको बैठकमा प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन मार्फत संविधान कार्यन्वयनका लागि भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...