Loading...

एमाले र मधेशी मोर्चाको सहमति विनै सरकारले दर्ता गर्यो सविधान शसोधन विधेयक

मंसीर १३ काठमाण्डौं । सरकारले लामो प्रयासका बीच पनि एमाले र मधेशी मोर्चालाई सहमतिमा ल्याउन नसके पछि सविधान शसोधन विधेयक दर्ता गराएको छ ।

आज साझ मन्त्रीपरिषद्को बैठकले सविधान शसोधनको मस्यौद्धा पारित भए पछि साझै सचिवालयमा दर्ता गरिएको हो ।
प्रदेश सम्बन्धि सिमाकंन हेरफेर, संघीय आयोग गठन गर्ने ,नागरिकता सम्बन्धि प्रावधानमा परिवर्तन, भाषा आदि विषयमा ससोधनको मस्यौद्धा तयार पारिएको थियो ।

एमाले विपक्षमा रहेको र मधेशी मोर्चा पनि सहमत नभएकाले सरकारलाई ससोधन पारीत गर्न कठिन देखिन्छ । तर निरन्तर छलफल गर्दै सहमतिको प्रयास जारी राख्ने सत्तारुढ काग्रेस र माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...