Loading...

मुलकमा ठुलो द्धन्द निम्तने एमालेको चेतावनी

काठमाडौं, मंसिर १४ । प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले संविधान संशोधनको औचित्य स्पस्ट नगरी दर्ता गरे  मुलकमा ठुलो द्धन्द निम्तने चेतावनी दिएका छन् ।
व्यवस्थापिका–संसदको मंगलबार बसेको बैठकमा बोल्दै उनीहरुले सरकारले नै संशोधन प्रस्ताव अघि सारेर  मुलुकलाई मुठभेडमा लैजान खोजेको भन्दै त्यसको जिम्मा पनि उसैले लिनु पर्ने बताए ।
मधेसी दललेसमेत स्वीकार नगरेको संशोधन प्रस्ताव ल्याएर मुलुकलाई मुठभेडमा लैजान खोजेको उनीहरुको आरोप थियो ।

यस्तै, सांसदहरुले भूकम्पपीडितलाई दिइने अनुदान दिन सरकार विफल भएको र पुनःनिमाणको काम प्रभावकारीरुपमा अघि बढ्न नसकेको भन्दै आलोचना गरेका थिए ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि पनि छलफल भएको छ । सांसदहरुले महाअभियोगमाको छलफल अझै नसकिनुको कारण समेत अकै हुनसक्ने भन्दै आशंका गरेका थिए ।

उनीहरुले महाअभियोग प्रस्ताव अघि नबढाएकोमा असन्तोष व्यक्त गर्दै प्रस्तावमाथिको बहस किन लम्ब्याइको हो रु भन्ने प्रश्नसमेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...