Loading...

राष्ट्रपतिद्धारा उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन

काठमाडौं, मंसिर १४ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले पहिलोपटक लिबिया शान्ति मिसनमा जान लागेको नेपाली सैनिक टोली र दक्षिण सुडान जान लागेको टोलीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

भण्डारीले आज निर्देशन दिँदै नेपालको मान, सम्मान र इतिहासलाई विश्वमाझ पुर्‍याउन नेपाली सेनाले खेलेको भूमिका गौरव गर्न लायक भएको बताउनु भयो ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँणले विश्व शान्तिप्रतिको नेपालको प्रतिबद्धतालाई कुशलतापूर्वक नेपाली सेनाले पूरा गर्दै आएको धारणा राख्नुभयो ।

वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले सैनिक डेमोसमेत अवलोकन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...