Loading...

डिपो ए र होलिल्याण्ड सेमिफाइनलमा

धरान ,मंसिर १४ ।
धरान १८ स्थित डिपोट आर्दश वहुमुखि क्याम्पसको आयोजनामा सन्चालन भइरहेको १३ औ डिपो कपमा डिपो ए टिम र होलिल्याण्ड स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।
सोमवार भएको खेलमा डिपो स्कुलले सेक्रेट हर्ट स्कुललाई ३–० र होलिल्याडले इमानुयललाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पहिलो क्वाटर फाइनल खेलमा डिपो स्कुलका कृष्ण विष्टे पहिलो हाफको ११औ मिनटमा र सुलभ वस्नेतले १६ औ मिनटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको २५औ मिनटमा डिपोको तर्फ वाट अरुण राईले थप गोल गरे पछि जित सुनिश्चित भएको थियो । दोस्रो खेलमा पहिलो हाफको १२ मिनटमा  इमानुयकलका गणेश वस्नेतले गोल गर्दैै अग्रता दिलाएता पनि मध्यान्तर पछिको तेस्रो मिनट र २० औ मिनटमा लदिप लिम्वुले दुई गोल गर्दै टिमलाई सेमिफाइनल तर्फ डोर्याएका थिए ।
सनिवार भएको खेलको  म्यान अफ द म्याच सेक्रेट हर्ट स्कुलका अनिस वस्नेत र इमानुयलका डिकेन राई घोषित भए । उनिहरुले ट्रफि तथा प्रमाण पत्र प्राप्त गरेका छन । सोहि दिन भएको प्लेट च्याम्पियन तर्फ के एण्ड के स्कुलले टाइवे्रकरमा डिपो बि टिमलाई २–० गोल अन्तरले र ज्ञानकुञ्ज स्कुलले सुनाखरी स्कुललाई १ – ० गो अन्तरले पराजित गरेको छ ।
भोलिको क्वाटर फाइनल खेल एसओएस इटहरी विरुद्ध हिमशिखर तरहरा र सगरमाथा विरुद्ध पुर्व क्षेत्रिय प्रहरी स्कुल विर्च  हुनेछ । प्लेट तर्फ लोटस र डिभिएम ग्लोवल र नवज्योति र मेरिल्याण्ड विच प्रतिश्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...