Loading...

धरानमा शंकास्पद शव फेला

गोपाल कामत

धरान ,१४ मंसिर ।

धरान–१३ फुस्रेमा स्थ्ाँनिय २८ वर्षीय मणीकुमार राईको शंकास्पद अवस्थामा शव फेला परेको छ ।

धरान–१३ राईटोलका राईको मृत्यु अत्यधिक मादक पदार्थ सेवन गरेर लडेको कारण हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।तर, स्थानीयहरुले भने उक्त मृत्यु हत्या हुन सक्ने आशंका गरेका छन् ।
राईको पछिल्तिरको ढाँडमा तछारिएको र टाउको ढुंगामा ठोकिएको अवस्थामा शव फेला परेको  स्थानीयले  बताएका ।

उता इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले भने उक्त घटना मापासे सेवन गरेका कारण अनियन्त्रित भई टाउको ढुंगामा ठोक्किएर मृत्यु भएको प्रारम्भिक अनुसान्धानले देखाउने बताएका छन ।

‘बाहिरबाट हेर्दा मृत्युको कारण मापासे खाएर ढुंगामा ठोक्किएपछि मृत्यु भएको देखिन्छ ।’ उनले भने, ‘भित्री कारण पोष्टमार्टमको रिपोर्टमा आउँला मृतक राई दैनिक मापासे गरेर हिड्ने गरेको स्थानीयबासीहरुले समेत बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया

Loading...