
धरान ,१४ मंसिर ।
धरानमा केही दिन यतादेखि चक्कू देखाएर एक युवाले चटपटेवालाहरु स“ग फिल्मीशैलीमा लुटपाट गर्ने गरेको पाइएको छ ।
पछिल्लो १० दिनयतादेखि धरानका विभिन्न स्थानमा ठेलामा राखेर चटपटे बेच्नेहरुलाई भुडीमा चक्कू तेस्र्याउँदै थैलाको रकम लुट्ने गरेको चटपटे व्यापारीहरुले बताएका छन् ।
सुरुमा आम ग्राहक जसरी नै चटपटे माग्ने त्यसपछि चटपटे बनाउन थालेपछि भुडीमा चक्कु तेस्र्याएर पैसा लुट्ने गरेको चटपटे व्यापारी श्याम चौधरीले बताए ।
लुटेरा रातो रङ्गको एभेन्जरमा हेलमेट र मुखमा मास्क लगाएर आउने गरेको चौधरीले बताए । चौधरीले आफनो गत मंगलबार र शुक्रबार गरी ४५ सय रुपैया लुटेर लगेको बताएका छन् ।
चौधरी जस्ता झण्डै सातजना भन्दा बढी चटपटे व्यवसायीहरु लुटिएपछि सामूहिक रुपमा इलाका प्रहरी कार्यालय धरानमा आज मंगलबार निवेदन दिएको चटपटे ब्यापारी बिजय जैसवालले जानकारी दिनुभएको छ ।
यसैबीच धरान–८ को होण्डा शोरुममा कार्यरत एक युवामाथि छुरी प्रहार भएको छ ।
सोमबार राति करिव साढे ७ बजेतिर शो रुममा कार्यरत मोरङ विराटनगरका सागर सरदार माथि छुरा प्रहार भएको हो । छुरी प्रहार गर्ने धरान–१६ का सागर लिम्बू रहेको बताइएको छ ।
गत शुक्रबार शो रुममा स्कुटी बनाउन ल्याएको विषयमा ग्राहक ग्राहकबीच झगडा हुने क्रममा शोरुममा कार्यरत युवाहरुले छुट्याउने प्रयास गरेका थिए ।
त्यही विषयलाई लिएर लिम्बूले इगो साधेको हुन सक्ने शोरुम सञ्चालक देव कुवरले बताउनुभयो । उहाका अनुसार सरदारलाई छुरी हान्ने क्रममा छल्दा देब्रे आँखाको भागमा काटेको छ ।
मङ्ल, मंसिर १४, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम