Loading...

विप्लव माओवादीको विद्यार्थी संगठनले मेडिकल काउन्सिल,डीन कार्यालय र कलेजमा तालाबन्दी गर्ने

काठमाडौँ ,१४ मंसिर ।

अखिल क्रान्तिकारीले सर्वसाधारण जनताका छोराछोरी तिर्न नसक्ने गरी मेडिकल शिक्षा शूल्क तोकेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

आज राजधानीमा पत्रकार सम्मेलन गरि सरकारले एमबीबीएस अध्ययनको लागि ३५ लाख तोकेर मेलिकल शिक्षाको जनताको पहुँचबाट टाढा पुर्याएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

जसअन्तरगत भोली मंसिर १५ गते उपकुलपति, मेडिकल काउन्सिल, डीन र कलेजहरुमा मागपत्र बुझाउने , २९ गते मेडिकल काउन्सिल, डीन कार्यालय र कलेजहरुको लेखा शाखामा तालाबन्दी गर्ने  , पुस १ गते कलेज अगाडि प्रदर्शन गर्ने र ३ गतेदेखि नयाँ चरणको सङ्घर्ष प्रारम्भ गर्ने रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले सरकारले माफियको प्रभाव रहेर अधिकांश जनताको कुल पुँजीभन्दा बढी मेडिकल शूल्क निर्धारण गरेको बताउनु भयो । उहाले जनताका छोराछोरी पढ्न सक्ने गरी मेडिकल शिक्षाको शूल्क निर्धारण गर्नुपर्ने माग समेत गर्नुभएको छ ।
‘त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका आङ्गीक मेडिकल कलेजहरु जम्मा २ वटा मात्र रहेको तर निजी कलेजहरु धेरै हुनुका साथै अत्याधिक महगो शुल्क लिने गरेकोले त्यस्तो कार्य बन्द गर्न बिज्ञप्तीमार्फत माग गरिएको छ ।

कार्यक्रममा अध्यक्ष सिंहले आफूहरुले गैरकानूनु रुपमा संचालन भइरहेका विदेशी विद्यालयलाई खारेज गर्नुपर्ने सरकारसँग माग गरेको तर सरकारले पैसा खाएर उल्टै विदेशी स्कूल–कलेजहरुलाई अनुमति दिएको आरोप पनि लगाउनु भयो ।

अखिल क्रान्तिकारी महासचिव दिपेन्द्र चलाउनेले शिक्षा पाउने अधिकार देशका नागरिक सबैले समान भएपनि सरकारी नीतिका कारण शिक्षा असमान भइरहेको धारणा राख्नुभयो ।
उहाले आफ्नो संगठनसँग शिक्षा मन्त्रालय र त्रिविले गरेको प्रतिबद्धता पूरा नगरेका कारण संघर्षमा जानु परेको बताउनु भयो । महासचिव चलाउनेले आफ्नो मागबारे सुनुवाई नभएर पुसबाट अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने समेत जानकारी दिनुभएको छ ।
संगठनको हित विरोधी कार्य गरेकाले संगठनका केन्द्रीय सचिवालय सदस्य नारायण नेपाललाई निलम्वन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

यस्ता छन् मागहरुः
१. एक अञ्चल एक आङ्गीक  मेडिकल कलेजहरुको विस्तार गरियोस् ।
२. एमवीवीएस र वीडीएसमा विद्यार्थी भर्ना कोटा वृद्धि गरियोस ।
३. एमवीवीएस र वीडीएसको चर्को शुल्क खारेज गरी शुल्क समायोजन गरियोस । वैज्ञानिक शुल्क निर्धारण गरी शुल्कमा एकरुपता कायम गरियोस् । गुणस्तरीय पठनपाठन, प्रयाप्त अभ्यास, शैक्षिक एवम् भौतिक पूर्वाधारको व्यवस्था गरियोस् ।
४. विकट क्षेत्र, सीमान्तकृत र गरीब विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमवीवीएस र वीडीएस पढने व्यवस्था गरियोस् । सबै मेडिकल कलेजहरुमा २० प्रतिशत छात्रवृत्तिको ग्यारेन्टी गरियोस् ।
५. प्रवेश परीक्षामा लिइने शुल्क खारेज गरी, विदेशी र स्वदेशी विद्यार्थीको हकमा एउटै मापदण्डमा प्रवेश परीक्षाको व्यवस्था गरियोस् ।
६. प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा भर्ना र भर्ना प्रक्रियामा हुने दलालीको अन्त्य गरियोस् । अण्डर टेवल लिइने शुल्क खारेज गरी तोकिएको भन्दा बढी शुल्क अशुल्ने कलेजको सम्वन्धन खारेज गरियोस् ।
७. विगतका सहमतिहरुको कार्यान्वयन र माथि उल्लेखित हाम्रा जायज मागहरु पूरा गरियोस् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...