चार जनाको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद


रणबहादुर रार्इ

१४ मंसिर

सल्यान । एकै परिवारका तीन सहित चार जनाको हत्यामा दोषि ठहरिएका सल्यान छाँयाक्षेत्र-९ रानागाउँका १९ वर्षीय संजय भारतीलाई सर्बस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत सल्यानले ज्यान मार्ने उद्योग र जबरजस्ती करणी सम्बन्धी मुद्धामा दोषि ठहर गर्दै भारतीलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश माधबेन्द्रराज रेग्मीको ईजलासले उनलाई दोषी ठहर गरेको थियो ।

गत बैशाख १४ गते भारतीले छिमेकी २२ वर्षीया सीता खान ठकुरी, तीन वर्षीया छोरी पवित्रा खान, एक वर्षीया सबिता खान, बहिनी मार्के निबासी १८ वर्षीया गीता गिरीको दाउराले हानेर हत्या गरेका थिए ।

मङ्ल, मंसिर १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार