Loading...

काग्रेसले १० राज्यमन्त्रीको नाम सरकारलाई दियो , भोली सपथ

काठमाण्डौ ,१४ मंसिर ।

पार्टि भित्रको बिबादका कारण लामो समयसम्म नाम दिन नसकेको सत्तासझेदार दल नेपाली कंग्रेसले आज सरकारमा दश जना राज्यमन्त्रीको नाम सिफारिस गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले आज पार्टी सभापति शेरबहादुर देउवाले प्रस्तावमा तयार पारिएको राज्यमन्त्रीको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउनु भएको हो ।

१० जना राज्यमन्त्री थपिएसँगै बर्तमान मन्त्रिपरिषद ४१ सदस्यीय हुने भएको छ । सिफारिस गरिएका राज्यमन्त्रीको भोली सपथ ग्रहण हुने जनाईएको छ ।

सिफारिस राज्यमन्त्रीहरुमा दिर्घ्सिंह भाटलाई भौतिक पूर्बाधार तथा यातायात, सिताराम मेहतालाई वन तथा भू–संरक्षण, तारामान गूरुङलाई स्वास्थ्य र सुरेन्द्र आचार्यलाई सिँचाई मन्त्रालयमा रहेका छन् ।

यस्तै सुवर्ण ज्वारचनलाई सहरी विकास, इन्द्र बानियालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलिप गच्छदारलाई श्रम तथा रोजगार, दिपक खड्कालाई खानेपानी तथा सरसफाइ, कन्चन बाँदे श्रेष्ठलाई उद्योग र मिठु मल्ललाई बाणिज्य मन्त्रालयमा राज्यमन्त्रीका रुपमा सिफारिस गरिएको छ ।

यसअघि माओबादी केन्द्रले ४ जना राज्यमन्त्री थपेको थियो । अन्य दललाई दिने भन्दै ४ वटा मन्त्रालय अझै प्रधानमन्त्रीसँगै राखिएको छ । ति मध्ये खानेपानी तथा सरसफाइ मन्त्रालयमा पनि आज राज्यमन्त्री सिफारिस गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...