Loading...

उच्चस्तरीय राजनीतिक तहबाट केसीको माग संबोधन हुन्छ : थापा

काठमाडौं, मंसिर १४ ।

स्वास्थ्यमन्त्री गगन थापाले उच्चस्तरीय राजनितिक तहबाट आमरण अनसनमा रहनुभएका प्रा. डा. गोविन्द केसीको माग संबोधन गरिने बताउनु भएके छ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा केसिलाई भेट्न अनसनस्थल पुग्नुभएका मन्त्री थापाले सरकारी स्तरबाट नै केसीको माग संबोधनको लागि निर्णय हुनुपर्ने भन्दै त्यसबारे भ भएकाले सोहि अनुरुप आजको मन्त्रिपरिषद् बैठकमा कुरा उठाउने बताउनुभयो ।

मन्त्री थापाले सरकारी स्तरबाट हुनुपर्ने निर्णय सचिवस्तरको टोलीले गर्न नसकेको बताउनु भयो । अस्पताल पुगेर उहाँले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका डीन केशव प्रसाद सिंहसंग पनि भेट गर्नुभएको थियो ।

पछिल्लो दु्ई दिनयता सरकारी टोली र केसीका प्रतिनिधिबीच भएको बार्ता त्रिविका उपकुलपति तीर्थ खनियाँ र आईओमका डीन डाक्टर सिंहलाई बर्खास्त गर्ने विषयमा सहमति हुन नसकेपछि अन्यौलमा परेको छ ।

चिकित्सा शिक्षा र सेवामा सुधारको माग राख्दै केसीले सुरु गर्नुभएको अनसन आज १७ औं दिन पुगेको छ । पछिल्लो समय डाक्टर केसीको अवस्था गम्भीर बनेको चिकित्सकले बताएका छन् । कमजोरी, रिगंटा लाग्ने, मुटुको चाल अनियमित हुने तथा रक्तचाप पनि तलमाथि हुने समस्या देखिएको छ ।

यसैबीच, शिक्षण अस्पताल आईओएममा अध्ययनरत आवाशीय चिकित्सकले भोलीबाट आकस्मिक बाहेकका सबै शैक्षिक कार्यक्रम बहिष्कारको घोषणा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...