Loading...

भीरबाट लडेर १२ वर्षीय बालकको मृत्यु

लमजुङ, मंसिर १४ ।

लमजुङ सदरमुकामनजिकै गाउँसहरको भीरबाट लडेर १२ वर्षीय भीरबाट लडेर १२ वर्षीय बालकको मृत्यु भएको छ ।

बेसीसहर बजार बस्दै आएका रोल्पा, गाम–७ का बुढामगरको दनै गाउँनजिकै रहेको भीरबाट लडेर मृत्यु भएको हो ।

सोमबार बेसीसहरबाट विद्यालय गएका मगर बेलुकी घर नफर्किएपछि खोजतलास गर्दा गाउँसहरकै दनै गाउँनजिकै रहेको भीरमा मृतावस्थामा फेलापारिएको प्रहरीले जनाएको छ ।

उनी दनैगाउँस्थित यशोब्रह्म माविमा कक्षा ४ मा अध्ययन गर्दै आएका थिए ।

बिहान खाना खाएर विद्यालय हिँडे पनि उनी विद्यालयमा भने नपुगेको विद्यालयले जनाएको छ ।

विद्यालय छलेर जंगलमा लुक्नेक्रममा भीरबाट लडेको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...