Loading...

भ्रष्टाचार विरुद्ध लड्न कानुनविद्को प्रतिबद्धता

काठमाडौं, मंसिर १४ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले मुलुकमा बढ्दै गएको भ्रष्टचार रोक्न अभियानको खाँचो रहेको औल्याउनु भएको छ ।

‘नयाँ नेपाल, समृद्ध नेपाल निर्माण आन्दोलन समिति’ले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उहाले भष्टाचार अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कानुनविद्हरु विश्वकान्त मैनाली र शम्भु थापाले भ्रष्टाचार न्यूनीकरणका लागि राज्यकै प्रतिबद्धता आवश्यक रहेका बताउनु भयो ।

भ्रष्टचार मुलुक समृद्धिको बाधक भएको भन्दै उहाहरुले भ्रष्टाचारविरुद्ध हुने जुनसुकै आन्दोलन र अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समृद्ध नेपाल नेपाल निर्माण आन्दोलनका अभियन्ता कृष्ण केसीले भ्रष्टाचारविरुद्ध आफूहरुले अभियान सन्चालन गर्न लागेको भन्दै साथ दिन अपिल गर्नुभयो ।

समृद्धिका लागि परनिरर्भरता, दन्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी रहेको भन्दै उहाले देशभर भ्रष्टाचारीलाई बहिस्कार आन्दोलन गरिने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...