Loading...

ब्यावस्थापिका संसद बैठक सुरु

काठमान्डौ मंसिर १४।
व्यवस्थापिका संसदको बैठकमा आज पनि महाअभियोग प्रस्तावमाथिको छलफल सुरु भएको छ ।

नयाँ बानेश्वर स्थित संसद भवनमा जारी बैठकमा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको बारेमा थप छलफल भईरहेको छ ।
संसदले महाअभियोग प्रस्तावको माथिको छलफल छोट्याउदै प्रस्ताव आजै महाअभियोग सिफारिस समितिमा पठाउने तयारी समेत गरेको संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनु भयो ।

संसदले महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाएको ३० दिन भित्रमा समितिले थप अध्ययन र अनुसन्धान गरे पछि संसदमा सिफारिस गर्ने छ ।

गत कार्तिक ३ गते संसद सचिवालयमा दर्ता भएको काकीविरुद्धको महाअभियोग प्रस्ताव ९ गते संसदमा टेबल भएको थियो । सो प्रस्ताव दर्ता भएको करिब साढे एक महिना हुदा पनि प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुले समेत छलफलमा भाग लिएका छैनन् ।

संसदमा काकीविरुद्धको महाअभियोग प्रस्ताव बारे ५ दिनमात्र छलफल भएको छ भने हालसम्म ५४ जनाले मात्र आफ्नो धारणा राखेका छन् ।

सभामुख ओनसरी घर्ती गत मंसिर ५ गते रुस भ्रमणमा जानु भएका कारण संसद बैठक ९ दिन पछि आज बस्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...