Loading...

संबिधान संसोधन मस्यौदाले अन्तिम रुप पायो , भोलि सदनमा लगिदै

काठमान्डौ ,मंसिर १४।
सरकारले संबिधान संसोधन प्रस्ताव भोली दर्ता गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसोधन मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी गराउदै भोलीसम्ममा प्रस्ताव संसदमा दर्ता हुने दाबी गर्नुभयो ।

आज साझ सम्ममा प्रस्ताव मस्यौदाले अन्तिम रुप पाउने भन्दै उहाले त्यसका लागी कानुन मन्त्रालयले तिब्रताका साथ काम गरिरहेको पनि जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रको पोलिट्ब्युरो बैठक आज जानकारी गराउदै प्रधानमन्त्री दाहालले कानुन मन्त्रालयले मस्यौदालाई अन्तिम रुप दिएपछि आजै बेलुका बस्ने मन्त्रिपरिषद बैठकले पारित गर्ने बताउनु भयो ।

एमालेले संसोधन प्रस्तावमाथि असहमती जनाईरहेका बेला प्रधानमन्त्री दाहालले प्रस्ताव दर्ता गरेपछि पनि प्रमुख दलसँग सहमतीको प्रयास भने जारी राखिने बताउनु भएको पार्टि प्रवत्ता पम्फा भुषालले बताउनु भयो ।

यस्तै आजको पोलिब्युरो बैठकमा नेता टोपबहादुर रायमाझिले ५ नम्बर प्रदेशबाट पहाडि जिल्ला छुट्याउने गरि संसोधन प्रस्ताव नल्याउन आग्रह पनि गर्नुभएके छ । रायमाझिले यसअघि सार्वजनिक रुपमा नै ५ नम्बर प्रदेश टुक्राउन खोजिएर प्रस्तावको विपक्षमा मतदान गर्ने चेतावनी पनि दिईसक्नुभएको छ ।

यस्तै आजको बैठकमा संगठन सुदृढिकरणका सम्बन्धमा तीन महिने अभियानको कार्ययोजना तय गर्दै बिभिन्न संरचनालाई पूर्णता दिने बारेमा पनि छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...