Loading...

आफ्नै ज्वाइले ससुराको घाँटी थिचेर हत्या गरे

वीरगन्ज, मंसिर १४।
पर्सामा एक वृद्धको आफ्नै ज्वाइले घााँटी थिचेर हत्या गरेका छन् । बिरुवागुठी–१, रामतोलाका ८३ वर्षीय धनबहादुर मगरलाई उनकै ज्वाइँ शेरबहादुर पहरीले घाँटी थिचेर हत्या गरेका हुन् ।

सिन्धुपाल्चोक चैनपुर–४ का पहरी विगत ३० वर्षदेखि पर्सामा नै बस्दै आएका थिए । उनले के कति कारणले ससुराको हत्या गरेका हुन भन्ने तथ्य खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

आज विहान ३ः०० बजे हत्या गरी फरार भएका पहरीलाई प्रहरीले खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनु भयो ।

मृतक मगरको शवलाई परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...