Loading...

योगगुरु रामदेव काठमाण्डौ फर्किए

फोटो :अमर डोटेल

सिमरा , १४ मंसिर ।

बिरगन्जमा आयोजित योग विज्ञान शिविरमा सहभागी भएर भारतका प्रख्यात योगगुरु बाबा रामदेव आज काठमाण्डौ फर्कनुभएको छ ।

पतन्जलि योग समिति नेपालले आयोजना गरेको योग ििवज्ञान शिविरमा सहभागी हुनु अघि उहा जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागि हुनुभएको थियो ।

सिमरा विमानस्थलबाट उहा आज सिम्रीक एअरलाइन्समार्फत काठमाण्डौ फर्कनुभएको हो । विमानस्थलमा सिम्रीक एअरलाइन्सका कर्मचारीले उहाको स्वागत गरेका थिए । सो क्रममा बाबा रामदेवले भने कुनै प्रतिक्रिया भने दिनुभएन ।

शनिबार दिउँसो जनकपुरको ऐतिहासिक तिरहुतिया गाछीमा भेला भएका स्थानीयलाई सम्बोधन गर्दै रामदेवले चाँडै नै पुनः जनकपुर आई साताव्यापी योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...