Loading...

७२ यात्रु चडेको हवाईजहाज कोलम्बियामा दुर्घटनाग्रस्त

एजेन्सी ,१४ मंसिर ।

ब्राजिली फुटबल खेलाडी सहित ७२ यात्रु बोकेर बोलिभियाबाट कोलम्बियाका लागि उडेको हवाईजहाज दुर्घटना भएको छ ।

ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोली बोकेको सो जहाज कोलम्बियामा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

कोलम्बियाको मेडेलिनस्थित जोसे मारिया कोर्डोभा अन्तर्रा्ष्ट्रिय विमानस्थल जाने क्रममा इन्धन सकिएको कारण स्थानीय समयअनुसार सवा १० बजे विमान दुर्घटना भएको हो।

च्यापेकोनिज फुटबल टोलीले बुधबार कोलम्बियाको मेडेलिनमा कोपा सुडामेरिका फाइनलमा एट्लेटिको नेसनल टोलीसँग खेल्ने तय गरिएको थियो। दुर्घटनबाट १० जना घाइते भएके र उनीहरुको उद्धार गरि स्थानिय अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...