Loading...

सिमांकन बिबादका कारण रोल्पा र दैलेख बन्द

काठमान्डौ, मंसिर १४।
सरकारले पश्चिमका पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग्याउन लागेको भन्दे विरोध स्वरुप आज रोल्पा बन्द गरिएको छ ।

सरकारले मधेसी मोर्चाको माग संशोधनका लागि पहाडी जिल्ला ५ नम्बर प्रदेशबाट हटाउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेको विरोधमा चरणवद्ध आन्दोलनमा रहेको संघर्ष समितिले जिल्ला बन्द गरेका हुन् ।

बन्दका कारण बजार, कलकारखाना तथा यातायातका साधन ठप्प रहेका छन् । जिल्लाको सर्वदलीय र सर्वपक्षीय संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तर्गत हिजो आधा दिन जिल्ला बन्द गरेको थियो ।

संघर्ष समितिले अहिलेसम्म विरोध ¥याली, प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने, चक्का जाम गर्ने, बजार कलकारखाना बन्द गर्ने लगायतका संघर्षका कार्यक्रम गरिसकेको छ । यस्तै रोल्पाली र प्युठानीले संयुक्त रुपमा आन्दोलन गर्ने तयारी समेत गरेका छन् ।

यसैबिच दैलेखमा ११ वटा स्थानीय तह रहने गरी भएको सीमांकन प्रस्तावमा असहमत पक्षले आजदेखि अनिश्चितकालिन दैलेख बन्द गरेका छन् ।

इलाका नम्बर ७ का तीन गाविस मालिका, गौरी र कालभैरववासीले गमौडीलाई समेत गाभेर ज्वालामालिका गाउँपालिका बनाउनु पर्ने माग गर्दै गरेका बन्दका कारण बिहानैदेखि दैलेख–सुर्खेत आवागमन गर्ने गाडी चल्न सकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले दिउँसो आन्दोलनकारी र राजनीतिक दलहरुसँग छलफल गर्ने तयारी भएको जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...